Friday, September 20, 2019

बाँके र बर्दिया जिल्लामा भोलि साइकल यात्रा

प्रकाशित मिति: 2019/01/31

नेपालगन्ज । पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न  बाँके र बर्दिया जिल्लामा साइकल यात्रा गरिने भएको छ। नेपालगन्ज साइक्लिङ क्लबले ‘यात्रा ठाकुरद्वारा–२०७५’ को शुक्रबार आयोजना गर्दैछ। यात्राको टाइटल स्पोन्सर नेपालगन्जको सद्भाव डटकमले गरेको हो।

क्लबका अध्यक्ष केशरबहादुर आलेले नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट यात्रा सुरु गरी बर्दिया बाँसगढीको निमाणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटकीय केन्द्रको रुपमा प्रचार प्रचार गर्ने लक्ष्य रहेको बताए। उनले भने, ‘साइकल यात्राको माध्यमबाट पर्यटकीय क्षेत्र चिनाउने हाम्रो मुख्य लक्ष्य हो।’ नेपालगन्जदेखि ठाकुरद्वारासम्मको यात्रा एकतर्फी एक सय किलोमिटर छ।

पश्चिम नेपालमा पहिलोपटक यात्रामा साइकल यात्रीहरूलाई प्रोत्साहन गर्न विश्वसाइकलयात्री पुष्कर शाह नेपालगन्ज आउँदैछन्। साइकलमै देशका ७७ जिल्ला भ्रमण गरेका भोजपुरका तेजप्रसाद पराजुली सहभागी हुनेछन्। यसैगरी, एउटा मात्र खुट्टाले कैलाली–रारा ताल साइकल यात्रा गरेका कैलालीका यमलाल रसाइली र एउटै खुट्टाले साहसिक साइकल यात्रा गर्ने अर्का किशोर युवक लामा, ६४ वर्षका अष्टे«लियन साइकल यात्री नील र चार विदेशी महिलासहित ५० जना यात्रामा सहभागी हुने कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए।

तपाईंको बिचार