Thursday, April 25, 2019

चर्चित कलाकार बीएस राणाको निधन

प्रकाशित मिति: 2019/02/01

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । ७८ वर्षका राणालाई श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज निधन भएको जनाइएको छ ।
उनी चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण चिनिनुहुन्छ । साथै उनले ‘चिनो लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौं चलचित्रमा जीवन्त अभिनय गरेका छन् ।
राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएले भारतको दार्जिलिङमा अध्ययन गरेका थिए । उनले बेलायत, मुम्बईलगायतका ठाउँमा पनि रङ्गमञ्चमा नाटक खेलेर दर्शकको मनमा बस्न सफल भएका थिए । उनले केही वर्षअघि कोर्टमार्शलमा अभिनय गरेका थिए । साथै टेलभिजन श्रृङ्खला ‘सिंहदरबार’ मा पनि उनको बेजोड अभिनय रहेको थियो ।

तपाईंको बिचार