Sunday, August 25, 2019

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय, हेटौँडामा बृहत ल्होछार महोत्सव

प्रकाशित मिति: 2019/02/04

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गरी माघ २२ गते मंगलबार २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।

तामाङ बाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ ।

 

तपाईंको बिचार