Wednesday, April 24, 2019

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रकाशित मिति: 2019/02/07

काठमाडौं । जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

तपाईंको बिचार