Friday, April 26, 2019

पानी पर्ने क्रम जारीः मौसम आइतबारबाट मात्र सुधार आउने

प्रकाशित मिति: 2019/02/08

काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशभर निरन्तर पानी पर्ने क्रम आज शुक्रवार पनि जारी छ । 

मौसममा आइतबारबाट मात्र सुधार आउन थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस छ ।

मौसमविदहरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने पहिले नै घोषणा गरेका थिए । मौसमविदका अनुसार पश्मिी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको छ ।

पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायु पूर्वतर्फ सर्दै आइरहेको छ । शनिबार पश्चिम नेपालमा अलिकति मौसम सफा हुने छ । मध्य नेपालमा भने दिनभरी नै बदली हुनेछ । मध्य भागमा शनिबार कहिले घाम लाग्ने, कहिले बादल लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ । 

तपाईंको बिचार