Monday, June 17, 2019

भारतिय राजदुतद्वारा श्री परोपकार युवा क्लबका अध्यक्षलाई एम्बुलेन्सको साचो हस्तान्तरण

प्रकाशित मिति: 2019/02/08

काठमाडौं । भारतको ७० औ गणतन्त्र दिवसको सु–अवसरमा भारतिय राजदुतावासले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा न ६ मा रहेको श्री परोपकार युवा क्लबलाई एम्बुलेन्स उपलब्ध गराएको छ । 

दूतावासमा गणतन्त्र दिवसको दिन भएको विशेष कार्यक्रममा भारतिय राजदुत मंजिब सिंह पुरीले क्लबका अध्यक्ष रामकुमार रिमाललाई एम्बुलेन्सको साचो हस्तान्तरण गरेका छन् । राजदुतावासबाट एम्बुलेन्स उपलब्ध भएपछि क्लबका अध्यक्ष रामकुमार रिमालले समग्र तारकेश्वर र आसपासका क्षेत्रमा प्रभावकारी र सर्वसुलभ रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने बताएका छन् । 

अध्यक्ष रिमालका अनुसार स्टेचरको समेत अभाव रहेको स्थानमा कांग्रेसका केन्द्रीय सदस्य एव प्रभावशाली नेता अर्जुननरसिंह केसिको  विषेश पहलमा यशोदादेवी भगवान सिह केसि मेमोरियल ट्र्स्ट मार्फत दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

तपाईंको बिचार