Monday, June 17, 2019

शनिबार रातिदेखि मौसममा सुधार आउने

प्रकाशित मिति: 2019/02/09

काठमाडौँ । काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिवार रातिदेखि नै मौसममा सुधार आउँदै जाने बताएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शक्तिशाली मौसमी प्रणाली भित्रिएका कारण विगतमा जस्तो छिटोछिटो मौसममा सुधार आउन नसकेको बताए ।
उनले शनिबार रातिदेखि मौसममा सुधार आउने र आइतबार अधिकांश भागमा मौसम सफा हुने जानकारी दिए । शनिबार अपराह्न पश्चिमदेखि मौसममा सुधार आउने र आइतबारसम्म सबैक्षेत्रमा सुधार आउने महाशाखाको भनाई छ । पश्चिम वायुसँगै आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण बुधबारदेखि देशैभर वर्षा र हिमपात भएको थियो ।
मौसमविद्हरुले यसलाई शक्तिशाली हिउँदे वर्षा भनेका छन् । हिउँदे वर्षा गराउने यसअघि ४ वटा मौसमी प्रणाली भित्रिए पनि अहिलेको प्रणाली शक्तिशाली भएकाले देशैभर वर्षा र हिमपात भएको पौडेलले उल्लेख गरे । महाशाखाले यसअघि नै आइतबारदेखि मौसममा सुधार आउने प्रक्षेपण गरेको थियो ।
अहिलेको मौसमी प्रणालीमा जलवाष्पको मात्रा बढी हुनुका साथै प्रणाली नै शक्तिशाली भएकाले मौसम सुधार गर्ने मुभमेन्ट ढिलो हुन गएको मौसमविद्ले विश्लेषण गरेका छन् ।

तपाईंको बिचार