Tuesday, March 19, 2019

हत्कडीसहित भागेका अभियुक्तलाई गोली हानेर नियन्त्रण

प्रकाशित मिति: 2019/02/13

कैलाली । हत्कडीसहित भागेका दिल्प दमाईंलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार दमाई हत्कडीसहित फरार भएका थिए। कैलाली लम्कीचुहाका दमाई बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका थिए। उनलाई धनगढीको बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए। उनको खुट्टामा एक राउन गोली लागेको र सेती अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

 

तपाईंको बिचार