Tuesday, September 17, 2019

फागुन १७ देखि २६ सम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव हुने

प्रकाशित मिति: 2019/02/14

स्याङ्जा । स्याङ्जा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १७ देखि २६ सम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव हुने भएको छ ।

जिल्ला सदरमुकामस्थित खेल मैदानमा हुने महोत्सवमा ३ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । २ सय स्टल रहने महोत्सवमा घरेलु उत्पादन, कृषिजन्य वस्तुको प्रदर्शनी, खाना महोत्सव, जिल्लामा अत्यधिक उत्पादन हुने सुन्तला, माछा, र कफी तथा पर्यटकीय क्षेत्रको व्यावसायिक अवलोकन र प्रदर्शनी गरिने भएको छ । “स्याङ्जाको आधिखोला गाउँपालिका स्थित वाङ्सिङ्मा श्रवणकुमार मारिएको घटनालाई अझ प्रभावकारी रूपमा प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ ।” चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष नन्दकुमारी लम्साल ‘निर्मला’ले भनिन्, “आफ्ना बुवाआमालाई लिएर तिर्थाठन गर्न हि“डेको समयमा सिकार खेल्न हिडेका मामा जनकले प्रहार गरेको बाण लाग्दा उनको मृत्यु भएको ऐतिहासिक पौराणिक घटना छ ।” छोरा श्रवणकुमारको मृत्युपछि रुदै बसेका उनका अन्धाअन्धी बावुआमाको आ“सुबाट बगेको आ“धीखोला हो भन्ने गरिमा बढाउन महोत्सव कोसेढुंगा हुने आयोजकको भनाइ छ ।

महोत्सव सम्बन्धी जानकारी दिन पुतलीबजार नगरपालिका–१४ स्थित सतौकोटमा पत्रकार सम्मेलन गर्दै आयोजकले देशी विदेशी पर्यटक भित्र्याउन आधिखोला महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवमा ७० लाख आम्दानी ५० लाख खर्च र २० लाख बचत गर्ने लक्ष्य राखिएको छ । बचत हुने २० लाखबाट जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा खर्च गरिने चेम्बर अफ कमर्शका महासचिव लोकनाथ सापकोटाले जानकारी दिए ।

तपाईंको बिचार