Wednesday, July 24, 2019

चट्याङ परेर आगलागी, पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते

प्रकाशित मिति: 2019/02/15

तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हुँदा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीया मोती विक आगोले जलेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीबाट घरमा रहेको महत्त्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

 

 

तपाईंको बिचार