Friday, May 24, 2019

स्वास्थ्य विभागका उपसचिव बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति: 2019/02/16

वास्थ्य सेवा विभागका उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
लामिछानेले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा काम गर्दा भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरीत दर्ता गरेको र पूरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्‍याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोप लागेको छ । उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गरिएको जनाइएको छ ।

तपाईंको बिचार