Tuesday, March 19, 2019

२७२ औं स्मृति वर्षको अवसरमा पत्रकारद्वय अधिकारी र धमला सम्मानित

प्रकाशित मिति: 2019/02/17

काठमाडौं । श्रीपाली बस्न्यात समाज, नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानका मुख्य अभियन्ता प्रधान सेनापति बडावीर काजी श्री शिवराम सिंह बस्यातले विरत्व प्राप्त गर्नु भएको २७२ औं स्मृति वर्षको अवसरमा आज राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल) र रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ ।

श्रीपाली समाजका अध्यक्ष खगेन्द्र बस्न्यातले राष्ट्रको चौथौ अंगको रुपमा चिनिने पत्रकारहरुको प्रगतिको कामना गर्दै यसरी नै देश र जनताको लागि काम गर्न आग्रह गर्नुभएको थियो । साथै सोही अवसरमा समाजले पशुपति विकास कोषसँगको सहकार्यमा बनाइएको पशुपति क्षेत्रभित्र वडाबीर (काजी) श्री शिवराम सिंह बस्न्यात तातोपानी कक्ष पशुपति विकास कोषलाई हस्तान्तरण गरेको थियो ।

पशुपति विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले समाजले गरेको काम अनगिन्ति रहेको बताउँदै तातोपानीको सही रुपले सदुपयोग गर्ने विश्वास दिलाउनुभयो । समाजले विभिन्न दुर्गम जिल्लाहरुमा विद्यालय, खानेपानी, स्वास्थ्य चौकी बनाउने कामहरु गर्दै आइरहेको छ ।

 

 

तपाईंको बिचार