Friday, May 24, 2019

लम्सालको संयोजनमा हेल्पिङ ह्यान्डस्लाई २५ शैय्या हस्तान्तरण

प्रकाशित मिति: 2019/02/22

काठमाडौं । चावहिलको हेल्पिङ ह्यान्डस् सामुदायिक अस्पताललाई आज स्वीइस नागरिक बर्न हार्ड पुलर र उनको टिमले अत्याधुनिक सुविधाजनक प्रति वेड १० लाख मूल्य बराबरको २५ शैय्या हस्तान्तरण गरेको छ ।

विगत लामो समयदेखि असाह्य र अशक्तको सेवामा निरन्तर लागिपरिरहेका अस्पतालमा हेल्पिङ ह्यान्ड्सका आजीवन सदस्य तथा वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालको संयोजनमा उक्त शैय्या हस्तान्तरण गरिएको थियो ।

उनका अनुसार शैय्या बिरामीहरुको लागि अत्यन्तै सुविधाजनक रहेको छ । शैय्या रिमोट सिस्टम रहनुका साथै आवश्यक परेको बेलामा फोल्ड पनि गर्न सकिन्छ ।

स्वीजरल्यान्डको सो टिमले पहिले पनि विभिन्न उपकरणहरु हस्तान्तरण गर्दै आइरहेको थियो ।

 

तपाईंको बिचार