Tuesday, March 19, 2019

वीर हस्पिटलको लिफ्ट चुँडिएर खस्दा दुई मजदुरको मृत्यु

प्रकाशित मिति: 2019/02/22

काठमाडौं । वीर हस्पिटलमा निर्माण भईरहेको भवनमा प्रयोग भईरहेको अस्थाई लिफ्ट चुँडिएर झर्दा सोही ठाँउमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीका २५ बर्षीय नवीनकुमार चौधरी र सोही स्थानका भूमिकुमार चौधरी रहेका छन् । त्यस्तै सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते भएको महागनरीय प्रहरी वृत्त तथा जनसेवाका प्रमुख डीएसपी टेकुनन्द लिम्बुले बताएका बताउनुभयो ।

घाईते चौधरीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रमुख लिम्बुले बबताउनु भयो । बिहीबार राति ८ः३० बजेको समयमा सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्ट चार तलामाथिबाट चुँडिएर झर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ।

 

 

 

 

तपाईंको बिचार