Tuesday, March 19, 2019

ललितपुरका मुख्य सडकमा अटोमेटिक ‘स्मार्ट’ बत्ती जडान गरिँदै

प्रकाशित मिति: 2019/02/24

ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकहरुमा ‘स्मार्ट’ बत्ती जडान गर्दै छ ।

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरभित्रका मुख्य सडकहरुमा बत्ती जडान कार्यको तयारी अन्तिम चरणमा पुगेको र यही आर्थिक वर्षभित्रमा सबै सडकमा बत्ती जडान गरिसक्ने बताइएको छ ।

महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्नका लागि काम भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेलसम्म तथा पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्को र्सम्मको सडकमा पहिलो चरणमा बत्ती जडान हुनेछ । यसैगरी कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा पनि स्मार्ट बत्ती जडान गर्न लागिएको हो ।

शहरी सौन्दर्य र आधुनिकताका साथै मितव्ययीताको अधारणाअनुसार ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महर्जनले बताए । उनका अनुसार अरु सडक बत्तीभन्दा स्मार्ट बत्ती फरक हुन्छ, जुन बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने र उनीहरु आउँदा आफैँ बल्ने गर्छ । यसले अटोमेटिक रुपमका काम गर्ने हुँदा अनावश्यक समयमा विद्युत खेर नजाने बताइएको छ ।

तपाईंको बिचार