Tuesday, March 19, 2019

लमगर महोत्सवमा कृषि उत्पादन हेर्नेको भीड, १० दिनसम्म सञ्चालन हुने

प्रकाशित मिति: 2019/02/25

पर्वत । पर्वतमा आयोजना भएको लमगर महोत्सवमा घरेलु उत्पादन हेर्नेहरूको भीड लागेको छ । महोत्सवमा रहेका स्टलमध्ये पर्वतको मौलिक उत्पादन हेर्नेको भिड बढी लागेको हो ।

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा १० ओटाभन्दा बढी कृषि उत्पादनका स्टलहरू रहेका छन् । त्यसमा पनि किबी, भुइँस्याउ, लप्सी, सुन्तला, बन्दा, काउली, चिज, छुर्पीलगायतका सामग्रीहरूको कारोबार बढेको स्टल सञ्चालकहरुले बताए । महोत्सवमा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएकाले पनि दर्शकहरुको भिड लाग्ने गरेको छ ।

यसअघिका महोत्सवमा खासै रुचि नदेखाउने कृषि उत्पादनमा यसवर्ष उपभोक्ताको चासो बढी देखिएको हो । मेला हेर्न आउनेले उत्पादन, तथा बजारको बारेममा जिज्ञासा राख्ने गरेका छन् । दैनिक रूपमा २ हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ ।

 

 

तपाईंको बिचार