Wednesday, July 24, 2019

चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

प्रकाशित मिति: 2019/02/26

 

फाल्गुन १५, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले एक चिनियाँ नागरिकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले एक करोड २० लाख रुपैयाँसहित महानगरीय अपराध अनुसन्धान महाशाखामा दाखिला भएका चिनियाँ नागरिक ली सियाओफिङविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
विभागका अनुसार विना भिसा र राहदानी नेपाल प्रवेश गरेका उनले नेपालमा गैरकानूनी स्रोतबाट आर्जन गरी चीनतर्फ स्थानान्तरण गराउने गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजित मुद्दा दायर गरिएको हो ।

तपाईंको बिचार