Friday, May 24, 2019

अझै खुलेन मौसम, मेघगर्जनसहित केही ठाउँमा पानी पर्ने

प्रकाशित मिति: 2019/02/27

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम बदली हुनका साथै मेघगर्जनसहित पानी पर्ने भएको छ। देशका पश्चिमी क्षेत्रमा अहिले पानी परिरेहेको छ। दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ। यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रको मौसम पनि दिउँसोदेखि बदली भई पानी पर्नेछ। देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने मौसमविद बासीले बताइन्। शुक्रबादेखि मात्रै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

तपाईंको बिचार