Sunday, September 15, 2019

फागुन १६ गते देखि धादिङबेसीमा पर्यटन तथा औद्योगिक मेला हुने

प्रकाशित मिति: 2019/02/27

धादिङबेसी । धादिङबेसीमा पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ फागुन १६ गते देखि हुन लागेको पर्यटन तथा औद्योगिक मेलाको सम्पूर्ण तयारी सकिएकोे आयोजक जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताएका छन् ।

नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले धादिङबेसीमा उद्घाटन गर्ने पर्यटन तथा औद्योगिक मेलामा ३ तहमा भिजन गरिएको जसमा पहिलो स्टल, दोस्रो स्टेज कार्यक्रम र अन्तिममा रमाईलो मेला रहने संघका अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार स्टलहरु सबै भाडामा गईसकेका छन् भने, स्टेज कार्यक्रममा प्रत्येक दिन विभिन्न विधाका फरक फरक राष्ट्रिय तथा स्थानीय कलाकाहरु आउने छन्, भने अन्तिममा रमाईलो मेला रहने छ ।

 

तपाईंको बिचार