Friday, May 24, 2019

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौंमा

प्रकाशित मिति: 2019/02/28

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

तपाईंको बिचार