Sunday, September 15, 2019

कांग्रेस सभापति देउवाले भेटे निर्मलाका परिवार

प्रकाशित मिति: 2019/03/01

फागुन १७, कैलाली । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् ।

बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि कञ्चनपुर आएका देउवाले भेटका क्रममा निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मलालाई न्याय दिलाउन लाग्नु पर्ने बताए ।
उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नो पार्टी कटिबद्ध भएर लागिपर्ने बताए ।

तपाईंको बिचार