Wednesday, July 24, 2019

मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखरामाः नगरका विभिन्न स्थानमा शवयात्रा गरिने

प्रकाशित मिति: 2019/03/01

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार पोखराको रामघाटमा हुने तय भएको छ। नगरका विभिन्न स्थानमा शवयात्रा सहित रामघाट पुग्ने र त्यहीँ अन्तिम संस्कार गरिने भएको हो।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार नगर परिक्रमासहितको शवयात्रा गरिने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम गरिनेछ। यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताइएको छ।

यसपछि नगर परिक्रमासहित शवयात्रा गरिने तय भएको मुख्यमन्त्री गुरुङले बताए।

पोखरा प्रदर्शनीकेन्द्रबाट सुरु भएको शवयात्रा नयाँ बजार, महेन्द्र पुल, रानीपौवा, हस्पिटल मार्ग हुँदै रामघाट पुग्नेछ। सेती नदी किनार रामघाटमा मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने रुट तय गरिएको छ।

 

तपाईंको बिचार