Wednesday, July 24, 2019

अधिकारीको अन्तिम श्रद्धाञ्जली धुम्बाराहीमा, आजै अन्त्येष्टि

प्रकाशित मिति: 2019/03/03

काठमाडौ । शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि आइतबार नै गरिने भएको छ। अधिकारीको अन्तिम श्रद्धान्जली आइतबार विहान ९ बजेदेखि १२ बजे सम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र त्यस लगत्तै अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ। ८२ वर्षका अधिकारीको शनिवार राति ९ बजेर ३५ मिनेटमा मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटलमा निधन भएको थियो। तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै‌ बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए। चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए। मन्त्री अधिकारीका श्रीमती र तीन छोरी छन्।

 

तपाईंको बिचार