Thursday, July 18, 2019

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

प्रकाशित मिति: 2019/03/03

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विमानस्थल कार्यालयको टोली र महानगरीय प्रहरीको संयुक्त टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिवार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई ७ लाख ५१ हजार ९ सय ३५ मूल्य बराबरको २ सय ४९ ग्राम र रानासँग ५ लाख २६ हजार १ सय ८५ मूल्य बराबरको २ सय ०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार