Friday, May 24, 2019

आगलागीमा आमाछोरीः छोरीको मृत्यु, आमा गम्भीर घाइते

प्रकाशित मिति: 2019/03/05

तेह्रथुम  । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ।

आगलागीबाट कार्कीकी २० वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको हो।

बिहान ६ः१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको तथा उनकी आमा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए।

आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

तपाईंको बिचार