Friday, May 24, 2019

दधिराज सुबेदी पत्रकारिता पुरस्कारबाट नेपाल र पोखरेल सम्मानित

प्रकाशित मिति: 2019/03/05

विराटनगर । दधिराज सुवेदी पत्रकारिता पुरस्कार २०७५ बाट दुई  पत्रकार पुरस्कृत भएका छन् । शनिबार  दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार साहित्यकार प्रा. डा. माधवप्रसाद पोखरेललाई एकाउन्न हजार राशि र सम्मानपत्रसहित प्रदान गरियो । यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई पच्चिस हजार राशि र सम्मानपत्र सहित प्रदान गरिएको छ । 

यसअघि प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा साहित्यको क्षेत्रमा लामो समयदेखि  दिइएको योगदानका लार्गि प्रा. डा. माधवप्रसाद पोखरेललाई  पुरस्कार दिइने निर्णय गरेको थियो । पोखरेलका ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय, मेरो मान्छे, नागदहको थिति, गार्गीको गाँठो, नेपाली साहित्य कोष, लिम्ब नेपाली अङ्ग्रेजी शब्दकोश लगायत दर्जनौं कृति प्रकासित छन् । 

पत्रकार नेपालले नागरिक दैनिक, कान्तिपुर साप्ताहिक, नेपाल मासिक , गोरखापत्र दैनिक लगायत राष्ट्रिय स्तरका पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । 

नेपाली भाषा साहित्यमा समर्पित विराटनगरका प्राज्ञ समालोचक दधिराज सुवेदीको नाममा उनका पुत्रद्वय शरदराज सुवेदी र पंकराज सुवेदीले तीन वर्ष अगाडि रू पन्ध्रलाखको अक्षय कोषको व्यवस्था गरेर उक्त पुरस्कार स्थापना गरेका हुन । यसअघि यी पुरस्कारबाट साहित्यकार प्रा डा. गोविन्दराज भट्टराई, प्रा. डा. अभि सुवेदी र पत्रकारहरू हरिबहादुर थापा र शिवबहादुर कार्की पुरस्कृत भइसकेका छन् . 

तपाईंको बिचार