Tuesday, March 19, 2019

त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी आन्दोलनमा, भन्छन –‘पाएनौं तलब’

प्रकाशित मिति: 2019/03/06

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ कर्मचारीले तलब नपाएपछि आन्दोलन थालेका छन ।
उनीहरूले बुधबार बिहान २ घन्टा विमानस्थलभित्रको सरसफाइ रोकेका थिए । त्रिभुवन विमानस्थलको सरसरफाइको जिम्मा निजी कम्पनीलाई दिइएको छ । जसले  २१ घन्टा विमानस्थलको सफाइ गर्न विभिन्न सिफ्टमा कर्मचारी पठाउँछ । 
टेन्डरमार्फत् गत वर्ष इन्नोभेटिभ एचआर सोलुसनले सरसफाइ गर्ने जिम्मा पाएको थियो । इन्नोभेटिभले विमानस्थलको सरसफाइका लागि दैनिक १८० जना कर्मचारी पठाउने गरेको छ । सफाइ कर्मचारीको तलबका लागि मासिक झन्डै तीस लाख रूपैयाँ प्राधिकरणले इन्नोभेटिभलाई दिन्थ्यो । ऊसँगको सम्झौता गत महिना सकिएको छ । नागरिक उड्ययन प्राधिकरणले सम्झौता नवीकरण गरेको छैन ।

ट्राभल, ट्रेकिङ,¥याफ्टिङ  मजदुर एसोसिएसनका अध्यक्ष सुमन पराजुलीले कर्मचारीले माघ महिनाको तलब नपाएकाले काम रोकेको बताए ।  प्रशासनले फागुन २४ गतेभित्र कर्मचारीको तलब दिने सहमतिपछि काममा फर्किएकाले सहमति कार्यान्वयन नभए फेरि  काम रोकिने बताए ।

तपाईंको बिचार