Friday, May 24, 2019

घुससहित अधिकृत र नायबसुब्बा पक्राउ

प्रकाशित मिति: 2019/03/06

फागुन २२, बाँके । नेपालगञ्ज भन्सार कार्यालयका दुई कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बाँकेले घुससहित पक्राउ गरेको छ । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरका अनुसार मंगलबार साँझ कार्यालयमा छापा मारेर ८७ हजार घुससहित नासु र अर्का प्रमुखलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्द ५२ हजार घुससहित पक्राउ परेका हुन् । त्यस्तै अर्का कर्मचारी आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका प्रमुख गैरले बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५२ हजार घुस लिएको र बाँकेका प्रमुख श्रीवास्तवलाई गुणस्तर प्रमाणीकरण गरिदिएवापत ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान एवं आवश्यक छानबिन गरी कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

 

 

 

तपाईंको बिचार