Monday, September 16, 2019

टिकापुर घटनामा संलग्न सांसद रेशम चौधरीसहित एघार जनालाई जन्मकैदको फैसला

प्रकाशित मिति: 2019/03/06

कैलाली । जिल्ला अदालत कैलालीले टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।

सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ ।

यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो ९मंगलबार०सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।

तपाईंको बिचार