Friday, May 24, 2019

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट भाषण गर्ने

प्रकाशित मिति: 2019/03/08

फागुन २४, काठमाडौं । स्वतन्त्र मधेशको वकालत गर्दै आएका सिके राउत र प्रधानमन्त्री ओलीले एकै मञ्चबाट भाषण गर्ने भएका छन । यससँगै मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका हुन ।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।
राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।
स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ । तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो ।

तपाईंको बिचार