Tuesday, March 19, 2019

बजार अनुगमनपछि अबैधानिक क्रियाकलापलाई प्रोत्साहन गर्न हारगुहार

प्रकाशित मिति: 2019/03/08

नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए)को संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत रहेको पर्यटन बिभाग र पर्यटक प्रहरीले गरेको बजार अनुगमन पश्चात पर्यटक प्रहरी परिचालन गरेपछि अबैधानिक रुपमा सञ्चालित भेईकल र ट्राभल व्यवसायीको सातो गएको छ ।

पर्यटन यातायातमा अबैधानिक रुपमा कार्यसञ्चालन बढ्दै गएको परिप्रेक्षमा पर्यटन मन्त्रालय अन्र्तगतको पर्यटन बिभागले एनटिभीएसँग सँग समन्वय गरेर बजार अनुगमन गरेपश्चात अबैधानिक कम्पनीहरु भेटिने क्रम रहिरहेको अवस्थामा अबैधानिक कार्यसञ्चालन गर्नको लागि बजार अनुगमन नगरियोस भनेर व्यवसायीहरु हारगुहारमा लागेको पाईएको छ ।
एनटिभीएले पर्यटन बिभाग सरोकारवाला निकायहरुसँग समन्वय गरेर व्यवस्थीत पर्यटन यातायात र बिधीगत पर्यटन यातायात भनेर चलाएको अभियानमा संङ्किर्ण सोच राखेर कानुनलाई नै बर्खिलाप गरी अबैधानिक निकायलाई प्रोत्साहन गरिएको पाईएको छ । यसमा बिभिन्न नाम दिएर खुलेका पर्यटनका नेतृत्व र त्यसका आसेपासे नै अनुगमनलाई प्रभावित पार्न कम्मर कसेर लाग्नुले उनीहरुको चरित्र उदांगो भएको व्यवसायीहरु बताउँछन ।
पर्यटन व्यवसाय र व्यवसायीलाई आत्मसम्मान सहितको सम्मानित क्षेत्रमा रुपान्तरण गर्ने, भिजिट नेपाल २०२० को लक्ष्य प्राप्तीको लागि जोडदार सक्रियता जरुरी भएको भएपनि केही पर्यटनलाई अस्वस्थ बनाउन लागिपरेकाहरु कारबाहीबाट उम्कन नसक्ने पर्यटन बिभागले जनाएको छ । 
व्यवसायीको हारगुहारका बिच पर्यटन बिभाग नै तरंगीत बनिरहेका बेला बिधीको शासन पर्यटनमा पनि लागु हुने भएकाले मर्यादित पर्यटनका लागि सबैको सक्रियता जरुरी छ । गत बुधबार सोह्खुट्टे क्षेत्रमा बजार अनुगमनका क्रममा केही भेईकल तथा ट्राभल एजेन्सी अबैधानिक पाईएका थिए ।

 

तपाईंको बिचार