Tuesday, September 17, 2019

मन मिल्ने पाएँ भने यसैपाली झ्याई पार्छु : लाक्पा शेर्पा, अध्यक्ष, नेपाल पर्वतारोहण प्रशिक्षक संघ

प्रकाशित मिति: 2019/03/08

काठमाण्डौ । नेपाली पर्यटन बजारमा स्थापित नाम हो, लाक्पा शेर्पा । ओखलढुंगाको खिजीदिम्बामा जन्मिएका शेर्पाका शुरुवाती जिबन स्थानिय डाँडापाखा र सेता हिमालहरुको अनुभुति गर्दैमा बित्यो । २०५८ सालमा पहिलोपटक काठमाण्डौ आएयता उनी निरन्तर रुपमा पर्यटन क्षेत्रमा सक्रिय छन । सुरुमा ट्रेकिङ भरियाबाट सुरु भएको उनको दैनिकी ट्रेकिङ गाईड हुदै अहिले प्रशिक्षक सम्म आईपुगेको छ । 

माउन्टेनियरिङ ट्रेनिङको लागि फ्रान्स पुगेर फर्केपछि नेपालमै नेपाली भाषामै हिमाल आरोहण सम्बन्धी तालिम सञ्चालन गरिनुपर्छ भनेर उनी लागिपरे, जति बेला आवश्यक ज्ञान र सुरक्षाबिधीको अभावमा आरोहणको सिलसिलामा दुर्घटनाको स्थीति बढोत्तरी भईरहेको थियो । आरोहणलाई सुरक्षित बनाउने त्यही संकल्प सहितको सत्मार्ग आजसम्म पनि जारी छ । प्रश्तुत छ, नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पा सँगका केही सवाल ।
 १. ट्रेकिङ माउन्टेनियरिङको बर्तमान अवस्था कस्तो छ ?
राम्रो छ, पहिला द्धन्दको अवस्थामा केही प्रतिकुल अवस्था थियो । ति सबै स्थीतिलाई पार गरेर यहाँसम्म आईपुग्दा पर्यटकको उपस्थीति र एड्भेन्चर ट्रेकिङमा रुची भएकाहरुको संख्या पनि राम्रै छ । ८ हजार भन्दा अग्ला हिमाल, नेपालीको सरल व्यवहार र थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने क्षेत्र भएका हिसाबले अवस्था सन्तोषजनक छ ।
२. माउन्टेनियरिङमा तपाईको रुची चै कसरी पैदा भयो ?
म आफै चै धेरै देश बिदेश घुम्न मनपराउने व्यक्ति हुँ । यद्यपी सामान्य पृष्ठभुमिबाट आएका व्यक्तिको लागि यो त्यति सहज नहुन सक्छ । यस्तोमा खोज्दै जाँदा माउन्टेनियरीङ उपयुक्त लाग्यो ।
३. यो क्षेत्रमा नआएको भए के गर्नुहुन्थ्यो ?
बिदेश जान्थें या त राजनीतिमा हुन्थे ।
४. सिंगल जिन्दगी बिताईरहनुभएको छ, जोडी बाँध्ने फुर्सद नभएर हो की ?
हाँसो..... । त्यस्तो त होइन, मन मिल्ने पाएँ भने यसैपाली झ्याई पार्छु । उपयुक्त समयमा होला ।
५. माउन्टेनियरिङमा प्रशिक्षक संघको नेतृत्व गरिहनुभएको छ, तपाई आफै पनि प्रशिक्षक यसको आवश्यक्ता चै किन परयो ?
 नेपालमा एड्भेन्चर टुरिजमको धेरै महत्व छ । पहिला बिदेशीले मात्र माउन्टेनियरिङ ट्रेनिङ दिने काम गर्थे, नेपाली थिएनन । भाषाको समस्याले सिकाई प्रभावकारी थिएन, जसका कारण हिमाल आरोहणमा धेरै क्षति बेहोर्नुपर्ने स्थीति ऋजना भयो । म आफै पनि फ्रान्समा यससम्बन्धी तालिम लिएर फर्किएको हुँ । यस्तोमा नेपालीहरु नै प्रशिक्षकको रुपमा किन काम नगर्ने भन्ने अर्थमा यसको आवश्यक्ता बोध भयो । त्यसपछि हामीले प्रशिक्षण सुरु गर्यौ । अहिले यहीभित्र धेरै व्यक्ति स्वरोजगार बन्ने स्थीति ऋजना भएको छ । व्यवस्थीत माउन्टेनियरिङको खोजी आज सम्म पनि जारी छ । 

तपाईंको बिचार