Monday, September 16, 2019

ग्रेट हिमालयन ट्रेलको जोश : SHAY BLACKLEY

प्रकाशित मिति: 2019/03/08

ग्रेट हिमालयन  ट्रेल एड्भेन्चर पर्यटकहरुका लागि आर्कषण बन्दै आएको छ । देशी बिदेशी पर्यटकहरुमा यसको मोह बढिरहँदा यसैसाता हिमाल आरोहणमा पोख्त एक अमेरिकी भेटिए जसको जोस हेर्दा लाग्छ, सारा टाकुरा उनले एकैछिनमा पार गर्नेछन ।

SHAY BLACKLEY, 32 । गन्तव्य नेपाल न्यूज पब्लीकेसनमा शुक्रबार भेटिएका व्ल्याकली पहिलोपटक सन २०१७ मा काठमाण्डौ आएका थिए । नेपालमा ग्रेट  ट्रेल अन्र्तगत बिभिन्न हिमालका चुचुरामा सफल किर्तिमान बनाईसकेका से किसोर अवस्थादेखि नै यसमा संलग्न रहेको बताए ।

ग्रेट  ट्रेल यस्तो यात्रा हो जुन पूर्व मेचीदेखी पश्चिम महाकाली हिमालसम्मको पदयात्रा रहने गर्दछ । यी सबै यात्रा उनले पुरा गरिसकेका छन । यात्राका लागि खाना जरुरी छ, त्यस्तो खाना जुन शक्तिबद्र्धक होस, पछिल्लो समय यसैको प्रवद्र्धनमा व्यस्त व्ल्याकली ले आफुले ल्याएका खानाका प्याकेट देखाउँदै भने, हिमाल आरोहण, अन्तरीक्षमा जाँदा प्रयोग हुने र गुणस्तरीता पनि नघट्ने भन्दै केही प्याकेट देखाए ।

अमेरिका लगायतका बिकशित मुलुकमा आपतकालिन अवस्था, आर्मी, हिमाल आरोहणमा जाँदा खानाको व्यवस्था गर्न कठिन हुने स्थानमा यसको प्रयोग हुँदै आएको भएपनि दक्षिण एसिया क्षेत्रमा भने यसको नौलो प्रयोग भएको उनले बताए ।
एभरेष्ट ट्रेकर्स फ्युल नाम दिईएको यस खाना सम्बन्धको जानकारी दिन पर्यटन बोर्डमा शनिबार पत्रकार सम्मेलन हुँदैछ ।

तपाईंको बिचार