Tuesday, September 17, 2019

पृथकतावादी आन्दोलन समाप्त भयो :प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/03/10

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।
आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश र्गयौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । 
सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’

तपाईंको बिचार