Monday, September 16, 2019

मुलुक विखण्डन गर्न जनमत संग्रहको व्यवस्था संविधानमै छैन :गृहमन्त्री रामबहादुर थापा

प्रकाशित मिति: 2019/03/11

२७ फागुन, बुटवल । सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री रामबहादुर थापाले अन्तिम विदाई कार्यक्रम भनेका छन् ।
‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ,’ प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’

उनले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको उनले बताए । जनमत संग्रहबारे सोधिएको प्रश्नमा गृहमन्त्री थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए । राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रष्ट पारे । 

तपाईंको बिचार