Monday, August 26, 2019

विप्लवको बन्दको प्रभाव :सार्वजनिक गाडी आंशिक सञ्चालन, बिद्यालय कलेज बन्द

प्रकाशित मिति: 2019/03/14

३० फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले बन्द गरेको हो ।

बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।

शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ । सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका छन ।

 

तपाईंको बिचार