Saturday, September 21, 2019

अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति: 2019/03/19

५ चैत्र, काठमाडौँ । खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं ५७ अधिकृत क्याडेट तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

आज मंगलबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सो समारोह सम्पन्न भएको हो ।

समारोहमा प्रधानसेनापति थापाले एकेडेमीका विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमी तर्फ प्रथम, द्वितीय र तृतीय हुने शिक्षार्थीहरु क्रमशस् सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गर्नुभयो ।

उक्त दीक्षान्त समारोहमा पुरुष ५४, महिला ८ र विदेशी २ (केन्या र माल्दिभ्स) गरी जम्मा ६४ जना शिक्षार्थीहरु दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृत लगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेको थियो ।

तपाईंको बिचार