Saturday, September 21, 2019

७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै त्रिविमा ताला

प्रकाशित मिति: 2019/03/19

५ चैत्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनले ताला लगाएका छन् । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्।

पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुलेले त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित मंगलबार डिनको कार्यालयमा ताला लगाएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै अल्टिमेटम बुझाउँदै तालाबन्दी गरिएको छ ।

तपाईंको बिचार