Friday, July 19, 2019

तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

प्रकाशित मिति: 2019/03/21

चैत ७, काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोल्लास पूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।

होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज छुट्टी छ । यद्यपि, २ दिन नै होली मनाइने भएकाले प्रदेश २ सरकारले आज र भोलि दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।
यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।

तपाईंको बिचार