Thursday, May 23, 2019

एसईई परिक्षाको पहिलो दिन, शान्तिपुर्ण रुपमा परिक्षा सम्पन्न

प्रकाशित मिति: 2019/03/24

१० चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो ।

बिहान ८ बजेदेखि सुरू परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भए ।
चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी भएका छन । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ । पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

तपाईंको बिचार