Thursday, May 23, 2019

सातै प्रदेशका खाना महोत्सव सम्पन्न

प्रकाशित मिति: 2019/03/24

चैत्र १०, काठमाण्डौ । एक्सप्लोर स्कुल अफ होटल म्यानेजमेन्ट कालिमाटीमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य दिपक महतको प्रमुख आथित्यतामा सातै प्रदेशका खानाहरुको महोत्सब शनिबार सम्पन्न भयो । 

सो अवशरमा प्रमुख अथिती दिपक महतले खाना र संस्कृति नेपालको पर्यटनको अभिन्न अंग भएको बताउनुभयो । सो महोत्सवमा प्रदेश न १ बाट भक्का, प्रदेश २ बाट कडीपकौडी, प्रदेश ३ बाट चटामरी र मिस्टर चटामरी, प्रदेश ४ बाट पिडालु बल र तरुल साँधेको, प्रदेश ५ बाट फुल्की चुकौनी, प्रदेश ६ बाट हिमाली भेगको फापरको रोटी र फापरको पोरिज, प्रदेश ७ बाट बटुकका परिकार प्रदर्शनीमा राखीएको थियो ।
संघिय नेपालको ७ वटै प्रदेशलाई खाना संस्कृति र राजनीति एकैठाँउमा जोड्ने र संघिय नेपालको पर्यटनलाई एकै ठाँउमा जोड्ने कार्यक्रममा प्रमुख उदेश्य थियो ।
कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले खाना नेपाली संस्कृतिको जिबन आधार भएको भन्दै पत्रकारिताबाट यसलाई अझै समुन्नत संस्कृतिको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
सोही अवशरमा नेपलिज वल्र्डवाईड सेफ्स एसोसिएसनका  संस्थापक अध्यक्ष लिंकन एभरेष्टले बिदेशमा रहेर पनि नेपाली खानाको बिकाशमा हामी सबै नेपालीहरु र सेफहरु लागिरहनुपर्ने बताउनुभयो ।
सोही अवशरमा प्रमुख अतिथि दिपक महत र लिंकन एभरेष्टबाट सुरेशचन्द्र बस्नेतलाई नेपलिज फुड गुरुबाट सम्मान गरियो । कार्यक्रममा अध्यक्षता एक्सप्लोर स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले गरेका थिए ।
अतिथीहरुमा सेफ्स एसोसिएसन नेपालका अध्यक्ष श्रीराम अधिकारी, होमस्टे एसोसिएसनका अध्यक्ष केशव बडाल, वल्र्ड भोलिन्टीयर नेपालका अध्यक्ष अक्कल तामाङ लगायत व्यवसायी, पर्यटन क्षेत्र तथा होटल व्यवस्थापन, पत्रकार र शुभचिन्तकहरुको उल्लेख्य उपस्थीति थियो ।

तपाईंको बिचार