Friday, July 19, 2019

विप्लवको कोशी व्युरो इञ्चार्जसहित २ जना पक्राउ

प्रकाशित मिति: 2019/03/25

११ चैत, विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका थिए ।

तपाईंको बिचार