Wednesday, September 18, 2019

पोखरामा यसरी हान्यो प्रहरीले छापा, बिदेशीसहित ५८ पक्राउ

प्रकाशित मिति: 2019/03/25

११ चैत, पोखरा । प्रहरीले पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको छ ।

लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित डान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो ।
वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिए ।
बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए ।

प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको छ ।

तपाईंको बिचार