Thursday, May 23, 2019

बिप्लपलाई शान्तिपुर्ण बाटोमा आउन चैत्र मसान्तसम्मको समय, नत्र नियन्त्रण गरिन्छ :ओली

प्रकाशित मिति: 2019/03/25

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा त्यागेर शान्तिपुर्ण बाटोमा आउन नेत्रविक्रम चन्द विप्लव समूहलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् ।

चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।

तपाईंको बिचार