Friday, July 19, 2019

काठमाण्डौको धुलो बर्ढान बु्रमर प्रयोगको थालनी

प्रकाशित मिति: 2019/03/26

१२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ बु्रमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी बु्रमरको उद्घााटन गर्न लागेका हुन् । महानगरपालिकाले हालसालै ५ वटा इटालियन बु्रमर ल्याएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

 


झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच बु्रमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपास, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

तपाईंको बिचार