Thursday, May 23, 2019

इन्जिनियरिङ कलेजमा ठुलो भ्रष्टाचार :छानबिन समिति

प्रकाशित मिति: 2019/03/28

१४ चैत, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा सञ्चालकहरूले आर्थिक अपचलन गरेको उल्लेख छ ।

छानबिन समितिका एक सदस्यले दिएको जानकारी अनुसार सञ्चालकहरूले निर्णय गरेरै आर्थिक अनियमितता गरेको प्रमाण फेला परेको छ ।

संसदीय समितिको निर्देशनपछि सरकारले शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कलेजको आर्थिक अनियमितता लुकाउन ७८ लाख रुपैयाँ घुस दिएको अभियोगमा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको दुई दिनपछि छानविन समितिले मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

तपाईंको बिचार