Saturday, September 21, 2019

ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति: 2019/03/31

१७ चैत, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा १६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

तपाईंको बिचार