Saturday, September 21, 2019

सन २०१९ को आर्थिक बृद्धिदर प्रक्षेपण, ६.२ प्रतिशत रहने :एडिबी

प्रकाशित मिति: 2019/04/03

चैत २०, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडीबीको पछिल्लो प्रतिवेदन म्याक्रो इकोनोमिक अपडेटले देखाएको छ ।
‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्प पछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्याएको एडिबीको बिष्लेषण छ ।

वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको विश्लेषण छ । ‘यी चुनौतीहरुलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना छ’ एडीबीका आवासीय निर्देशक मुख्तोरले भने ।

तपाईंको बिचार