Friday, July 19, 2019

प्रधानमन्त्री र सात मुख्यमन्त्रीबिच छलफल

प्रकाशित मिति: 2019/04/04

चैत्र २१, काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीहरूबीच बिहीबार बिहान बालुवाटारमा छलफल भएको छ ।


आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारी, विकास निर्माण, आर्थिक अनियमितता, कर्मचारी अभाव र संघ प्रदेश समन्वयमा देखिएका समस्याका विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन ।
छलफलमा सहभागी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रधानमन्त्रीले वित्त व्यवस्थापन  र  छिटोछिटो विकास गर्ने विषयमा पनि  मुख्यमन्त्रीसँग छलफल गरेका छन ।
‘खोला भएको ठाउँमा पुल हाल्नु पर्छ नेता भएको ठाउँमा होइन । पुरानो तरिकाले विकास गरेर भएन । छिटो विकास हुने गरी काम गर्नुपर्छ भन्नुभयो,’ मुख्यमन्त्री शाहीले भने,‘हामीले वित्त व्यवस्थापन र कर्मचारी अभावका कुरा राख्यौं ।’

आजको छलफलले देखिएका समस्याहरूबारे मुख्यमन्त्री  र प्रधानमन्त्री कार्यालयले एजेन्डाहरू तय गर्ने र तिनलाई औपचारिक बैठकमा पेश गर्ने निष्कर्ष निकालेको शाहीले जानकारी दिए ।
 

तपाईंको बिचार