Sunday, November 17, 2019

मुलुकभर बर्षा, सोमबार सम्म मौसम प्रभावित हुने

प्रकाशित मिति: 2019/04/06

चैत्र २३, काठमाण्डौ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखी काठमाण्डौं उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो ।
सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसंगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएकोे छ ।
उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताएकी छन् ।

काठमाण्डौ उपत्यकामा आज दिउंसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

 

तपाईंको बिचार